IME Life New

करिब ४६%ले बढ्यो शेयर लोन, बैंकहरुमा कुन रेन्जको कर्जा माग कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो महिना भदौसम्म बैंकहरुबाट प्रवाह हुने शेयर धितो कर्जा करिब ४६ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षको भदौसम्म बैंकहरुबाट १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को भदौसम्म बैंकहरुबाट ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट शेयर धितो कर्जा ४५.९५ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको भदौसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब २ अर्ब ३२ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष भदौसम्म यो रेन्जको कर्जा ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५५.२० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ९० करोड २१ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब २६ करोड ८३ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ११ करोड ४६ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष भदौसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब २६ करोड ८३ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ११ करोड ४६ लाख रुपैयाँ गएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३९.६६ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा २३.४४ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने १५.५० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS