काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज दुई कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले याम्बलिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। अब यी दुवै कम्पनीले आइपीओ बिक्रीको प्रक्रिया अगाडि बढाउनेछ।
अब याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आइपीओ बिक्री गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यसैगरी सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।












