IME Life New

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा कम्पनीको दोस्रो अधिवेशन सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा कम्पनीको मंसिर २६ र २७ गते नुवाकोटको सूर्यचौरमा दोस्रो केन्द्रीय अधिबेशन सम्पन्न भएको छ । संघका महासचिव अभिमन्यु खनालले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष पर्शुराम खनालको प्रमुख आतिथ्य तथा राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ र फियन राष्ट्रिय समितिका महासचिव विकास श्रेष्ठको विशेष आतिथ्य साथै कम्पनीका मुख्य व्यवस्थापक तथा कम्पनी सचिब रजनी पौडेल र मुख्य व्यवस्थापक तथा कर्मचारी प्रशासन प्रमुख डा सृजना पन्तको आतिथ्यतामा सम्पन्न उक्त अधिवेशन संघका महासचिव अभिमन्यु खनालले सञ्चालन गरेका थिए ।

Crest

उक्त अधिवेशनबाट दिपक राज पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय कार्य समिति निर्वाचित भएको छ । जसमा बरिष्ठ उपाध्यक्ष अभिमन्यु खनाल, महिला उपाध्यक्ष उत्तरा रेग्मी, महासचिव नुवराज रेग्मी, उप–महासचिव खगेन्द्र थापा, सचिव विशाल घिमिरे, कोषाध्यक्ष कमल अधिकारी र सह–कोषाध्यक्षमा याम प्रसाद अधिकारी तथा सदस्यहरुमा कमला ओझा,डम्बर विनाडी, नारायण अर्याल, पुजा गुरागाई, निरा ज्ञवाली, निर्मला कुमारी जोशी, केशव राज पनेरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS