काठमाडौं । नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ६६४ रुपैयाँ ३१ पैसाका आधारमा शेयरमूल्य समायोजन गरेको हो।
कम्पनीले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।