IME Life New

ओरिएण्टल इन्स्योरेन्स कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएण्टल इंन्स्योरेन्स कम्पनीले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत गत भदौ २३ र २४ गते घटेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त सार्वजनिक तथा सरकारी भौतिक संरचनाकोहरुको पुनर्निर्माणका लागि नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालय भारतको नयाँदिल्लीबाट आएका कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले उक्त रकमबराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नेपालस्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी चक्रवर्ती तथा अन्य वरिष्ठ अधिकारीहरुको पनि उपस्थिति थियो ।

Esewa
Crest

हाल कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक जोशी पुस १ देखि ६ गतेसम्म नेपाल कार्यालयको भ्रमणमा रहेको र उक्त भ्रमणको मुख्य उद्देश्य नेपालमा बीमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने रहेको छ । भ्रमणका क्रममा जोशीबाट यस कम्पनीद्वारा बजारमा ल्याइएको वैदेशिक भ्रमणमा जाने यात्रु तथा विदेशमा पढ्न जाने विद्यार्थी लक्षित नयाँ बीमालेख ‘ओभरसिज मेडिक्लेज इन्स्योरेन्स’ को बिक्री शुभारम्भ पनि गरेका थिए।

कम्पनीको शाखा कार्यालयका रुपमा नेपालमा विसं. २०२४ मा स्थापना भएको कम्पनीले नेपालमा शाखा विस्तार गरेदेखि स्थानीय आवश्यकताअनुसार सम्पत्ति, मोटर, मेरिन, इन्जिनियरिङ, ब्यक्तिगत दुर्घटना, स्वास्थ्य बीमालगायत ठूलाठूला उद्योग, कलकारखाना, पुल, जलविद्युतजस्ता संरचनाको प्रत्यक्ष बीमा गर्ने तथा नेपालस्थित स्थानीय बीमा कम्पनीसँग पुनर्बीमामा समेत सहकार्य गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS