काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा जेठ १७ गते बोलाएको छ । सभा द नारायणी रिसोर्ट नवलपरासीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सोही सभाले भविष्यमा अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी पनि सञ्चालक समितिलाई दिने निर्णय पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।













