IME Life New

बीमाको साढे ६ करोड हत्याउन आफ्नै घरमा चोरी, पैसाको लोभले पुर्यायो जेल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । इंग्ल्यान्डको ह्याम्पशायरको पोट्र्समाउथ सहर। २० मार्च २०२२ को दिन। प्रहरी नियन्त्रण कक्षमा फोन आयो। फोन गर्ने महिलाले आफ्नो घरमा चोरी भएको बताइन्।

प्रहरी टोली तुरुन्तै ती महिलाको घर पुग्यो। ती महिलाले भनिन्, ‘चोरहरुले झ्याल फोडेर घरभित्र पसे र करोडौँ मूल्यका गहना, डिजाइनर ह्यान्डब्याग र नगद लिएर भागे।’ प्रहरीले अनुसन्धान गर्दा घरको झ्याल फोडिएको भेट्यायो। प्रहरीले मुद्दा दर्ता गर्यो र चोरहरु पत्ता लगाउन अनुसन्धान थाल्यो।

Crest

यसैबीच अनुसन्धान गर्ने प्रहरीले एउटा प्रमाण फेला पार्छन्। यही प्रमाणका माध्यमबाट प्रहरीले चोरी भएको भनिएको घरका केही मानिसलाई सोधपुछ गर्छ र अन्ततः मुद्दा सुल्झिन्छ। करोडौँ रुपैयाँ चोरीको पछाडि यो घरमा बस्ने ती महिलाको हात थियो, जसले प्रहरीलाई फोन गरेर जानकारी गराएकी थिइन्। उनले आफ्नो चोर प्रेमीसँग मिलेर यो सम्पूर्ण षड्यन्त्र रचेकी थिइन्।

पोट्र्समाउथमा ४६ वर्षीया एम्मा ओसिया नामकी ती महिला आफ्नो विलासी घरमा आरामसँग बस्दै थिइन्। घरमा उनका प्रेमी डिन रायन पनि बस्थे। रायन ओसियाभन्दा ५ वर्ष कान्छो थिए। रायन चोरी गर्दै हिँड्थे भने ओसिया व्यापारी थिइन्। दुवै जना सन् २०२१ देखि सँगै बस्दै आएका थिए। एम्माकी छोरी पनि त्यही घरमा बस्थिन्। एम्माले आफ्नो घरको साढे १६ करोड रुपैयाँ बढी (९ लाख पाउन्ड) को बीमा गरेकी थिइन्।

एक दिन एम्माले कम्पनीबाट बीमाको रकम हत्याउन एउटा षड्यन्त्र रचिन्। उनले आफ्नो प्रेमी रायनलाई आफ्नै घरमा चोरी गर्ने योजना सुनाइन्। चोरीपछि बीमा कम्पनीबाट प्राप्त रकम दुवैले बाँड्नेमा सहमत भए।

यो चोरीको नाटकमा रायनले आफ्ना दुई साथीलाई पनि समावेश गरे। योजनाअनुसार एम्माले राति आफ्नो घरको झ्याल खुला छोडिन्। जसबाट चोरहरु भित्र पसे।

चोरहरुले घरभित्रबाट लगभग साढे ६ करोड रुपैयाँ (३.५ लाख पाउन्ड)को गहना, डिजाइनर ह्यान्डब्याग र नगद चोरी गरे। भोलिपल्ट एम्माले आफ्नो प्रेमीलाई भनिन्, यदि कोही जबरजस्ती घरमा पसेको महसुस भयो भने मात्र बीमा कम्पनीले पैसा तिर्नेछ।’ त्यसका लागि उनीहरुले आफ्नो घरको झ्याल फुटाए ता कि बीमा कम्पनीलाई प्रमाणका रुपमा देखाउन सकून्।

यद्यपि एम्माले आफ्नो प्रेमीलाई झ्याल फुटाउने बारेमा बताइरहेको बेला उनको नोकर पनि नजिकै थिए। उनले उनीहरुको सम्पूर्ण कुराकानी सुने।

सबै कुरा योजनाअनुसार भएपछि एम्माले प्रहरीलाई फोन गरिन् र चोरीको उजुरी दर्ता गरिन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बेला थाहा पाए कि चोरी भएको घरको साढे १६ करोड रुपैयाँको बीमा गरिएको थियो।

प्रहरीलाई शंका लाग्यो र उनीहरुले घरका नोकरहरुलाई गोप्य रुपमा सोधपुछ गर्न थाले। अन्ततः एम्मा र उनको प्रेमीबीचको कुराकानी सुनेको नोकरले प्रहरीलाई सम्पूर्ण सत्य कुरा बताए। त्यसपछि प्रहरीले प्रमाण पाउने बित्तिकै एम्मा र प्रेमी रायनलाई पक्राउ गर्यो।

सन २०२३ अगस्ट ७ मा प्रहरीले दुवैजनाविरुद्ध बीमा ठगी, न्यायमा बाधा पुर्याएको र साक्षीलाई धम्काउने प्रयासको आरोपमा मुद्दा चलायो। सन् २०२५ मे २६ मा मुद्दाको फैसला सुनाउँदा अदालतले एम्मालाई स्वार्थी महिला भन्दै साढे २ वर्ष र रायनलाई ४ वर्षको जेल सजाय सुनाएको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS