IME Life New

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर आजबाट बिक्री खुला, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवश्री हाइड्रोपावरले आज भदौ १९ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात १ कित्ता शेयर बराबर नयाँ १ कित्ता हकप्रद शेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

Esewa
Crest

शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडाबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत तथा सीडीएससीको ‘मेरो शेयर’बाट पनि आवेदन दिन सकिनेछ। यो हकप्रद शेयरमा असोज ८ गतेसम्म आवेदन दिन पाइनेछ।

हकप्रद शेयर जारी गर्न कम्पनीले गते साउन १६ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन १५ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयर भर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS