काठमाडौं । आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले “शिलान्यासमा रिद्धि सिद्धिसँग” विशेष योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न चाहने सम्पूर्ण ग्राहकहरूले आफ्नो साइट दर्ता गरी विशेष योजनामा सहभागी भई लाभान्वित हुन सक्नेछन् र ५ ग्राम चाँदीको सिक्का सहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष “क्जष्बिलथबक द्ययह” प्राप्त गर्न सक्नेछन् ।
घर निर्माणको पहिलो चरण अर्थात् शिलान्यासलाई नेपाली परम्परा, आस्था र संस्कृतिसँग जोड्दै ग्राहकलाई आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विशेष रूपमा तयार गरिएको क्जष्बिलथबक द्ययह यस योजनाको प्रमुख आकर्षण रहेको कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुने प्रक्रिया
यस योजनामा सहभागी हुन ग्राहकले उल्लेखित QR Code Scan गरी Registration Form मा आफ्नो विवरण भर्नुका साथै १०० बोरा वा सो भन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको VAT बिल Upload गर्नुपर्नेछ।
योजना अन्तर्गत:
१. प्रत्येक निर्माण साइटबाट १ वटा मात्र Shilanyas Box प्राप्त गर्न सकिनेछ।
२. कम्पनीका प्रतिनिधिहरूले ग्राहकको निर्माण साइटमा उपस्थित भई Shilanyas Box तथा ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउनेछन्।
३. योजनाका लागि पेश गरिएको VAT बिलका आधारमा ग्राहकको सहभागिता प्रमाणी करण गरिनेछ।
योजना अवधि
मंसिर ४ गतेदेखि पौष ४ गते, २०८३ सम्म रिद्धि सिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन्। रिद्धि सिद्धि सिमेन्टले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरहरूलाई समेत विशेष बनाउन निरन्तर पहल गर्दै आएको जनाएको छ। “गुणस्तरको नयाँ स्तर” भन्ने आफ्नो प्रतिबद्धता अनुरूप ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यो योजना ल्याइएको छ।











