काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २,६२१ को विन्दुमा कायम भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५२ कम्पनीको १ करोड ६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको ११ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १४ प्रतिशतका दरले कमाएका हुन् । भुगोल इनर्जीका लगानीकर्ताले ४ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मुक्तिनाथ म्युचुअल फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ५० प्रतिशतका दरले गुमाएका हुन् ।











