काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार फेरि एकल अंकले घटेको छ। नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.४१ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।
बजारमा आज ८९ कम्पनीको शेयरभाउ बढेको छ भने १८१ कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












