IME Life New

रसुवा बाढीमा पौने ८४ करोड बढीको बीमा दाबी, कुन क्षेत्रमा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबीको अध्यावधिक विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार साउन ८ गतेसम्म ११ वटा निर्जीवन बीमकहरुबाट प्राप्त विवरणअनुसार कुल ६८ वटा बीमा दाबीमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति माग भएको छ।

Crest

तथ्यांकअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँबराबरको दाबी परेको छ। यो २ वटा बीमा दाबीको हो।

यसैगरी शिखर इन्स्योरेन्समा १२ वटा दाबीको १६ करोड ८५ लाख रुपैयाँबराबर क्षतिपूर्ति माग भएको छ। नेको इन्स्योरेन्सले ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीले ३ करोड ४१ लाख ५० हजार,नेपाल इन्स्योरेन्सले १ करोड २८ लाख ५० हजार बराबरको दाबी निवेदन प्राप्त गरेको छ।

यसैगरी नेपाल इन्स्योरेन्समा १२ लाख ८५ हजार रुपैयाँबराबरको बीमा दाबी परेको छ। यो १२ वटा दाबीको हो।

हालसम्म सर्वाधिक दाबी सम्पत्ति बीमातर्फ परेको छ। सम्पत्ति बीमामा बीमकहरुले ६ वटा दाबीको ५८ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ।

यसैगरी सामुद्रिक बीमातर्फ १६ करोड २१ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ४० लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक)तर्फ २ करोड ५९ लाख रुपैयाँ र मोटर बीमा (निजी)तर्फ २ करोड १४ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS