IME Life New

राष्ट्रिय वाणिज्य बैंकले आजबाट रु. ३ अर्बको ऋणपत्र निष्काशन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज असोज २९ गतेबाट निष्कासन गर्दैछ । राष्ट्रिय वाणिज्य बैंकले ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख ऋणपत्र जारी गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये बैंकले ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ११ लाख ४० हजार इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।

Esewa
Crest

यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन बन्द छिटोमा कात्तिक १० गतेदेखि ढिलामा कात्तिक १२ गते बैंकिङ समयपछि हुनेछ।

यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS