IME Life New

भुक्तानी सेवाप्रदायक संस्थाको लाभांश वितरणमा राष्ट्र बैंकले ल्यायो नयाँ मार्गदर्शन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक)को लाभांश वितरणमका लागि नयाँ मार्गदर्शन ल्याएको छ। केन्द्रीय बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको हो।

अब यो मार्गदर्शनलाई आधार लिई त्यस्ता संस्थाले लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ। यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ।

Crest

मार्गदर्शनअनुसार नियामकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण तयार गर्नुपर्नेछ। नगद लाभांश र शेयर लाभांश वितरणसम्बन्धी नीति पनि बनाउनुपर्नेछ।

संस्थाको कोषसम्बन्धी व्यवस्था

  • जोखिम बहन कोष
  • जगेडा कोष

संस्थाले यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुटयाउने सम्बन्धमा उल्लेख गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ। जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनका लागि प्रयोग गर्न सकिने र कोषहरुबाट भएको खर्चको विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।

यसैगरी भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्ने। यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

ती संस्थाहरुले राष्ट्र बैंकले तोकेका अन्य कोषहरुमा रकम जम्मा गर्नुपर्ने व्यवस्था ल्याइएको छ।

यस्ता छन् लाभांश वितरणका पूर्वसर्त

लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुन्छ। यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले कम्तीमा देहायका पूर्वसर्तहरु पालना गर्नुपर्दछः

  • लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको।
  • संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने।
  • शेयर प्रिमियम एवं बार्गेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाइने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको।
  • नगद लाभांश घोषणा गर्दा पयाप्त नगद मौज्दात रहेको।
  • संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित सर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको।
  • राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको।

लाभांश वितरणको प्रस्ताव र स्वीकृतिसम्बन्धी व्यवस्था

कोषहरुमा रकम छुटयाई बाँकी रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन्। लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृतिसँगै लाभांश प्रस्ताव समेत समावेश गरी यस बैंकको पूर्वस्वीकृति लिनुपने छ।

संस्थाको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि देहायका कागजात पेस गर्नुपर्ने

  • लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय,
  • लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र,
  • कोषहरुमा रकम छुटयाइएको विवरण,
  • संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण (सम्पूर्ण कागजातसहित निवेदन पेस गर्दा ६ महिना व्यतित नभएको),
  • बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानुनी व्यवस्थाको पालना भएको÷हुने व्यहोरा सहितको स्वःघोषणा।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS