IME Life New

‘सेबोन अध्यक्षको नाम लिएर कसैले आर्थिक फाइदा लिने कार्य गरेको भए विवरण उपलब्ध गराउनुस्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नाम लिएर कसैले आर्थिक फइदा लिने कार्य भएको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘यदि कसैले सेबोन अध्यक्षको नाम लिएर कुनै पनि प्रकारको आर्थिक वा गैरकानुनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराइदिनुहोला’, विज्ञप्तिमा भनिएको छ, ‘त्यही प्राप्त विवरणउपर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ।’

Esewa
Crest

हालै केही सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालमार्फत सेबोन अध्यक्ष श्रेष्ठलाई जोड तथ्यहीन, आधारहीन, कपोकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचारप्रति सेबोनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पुँजीबजार क्षेत्रमा हुन थालेको सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता प्रयोजित सामग्री सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखेको स्पष्ट देखिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS