काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।
५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २३ लाख १९ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा २ लाख ३१ हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा ५ लाख ३३ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
यस समीक्षा अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ७८ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुद बीमाशुल्क ५७१ प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत १३ करोड १ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ करोड ३१ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिसम्ममा कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ लाख ३० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १०९८ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीले १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ लाख १० हजार नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७९ प्रतिशतले बढी हो ।

















