IME Life New

भारतमा पाँच दशकपछि निजी क्षेत्रको पुनर्बीमा कम्पनी अस्तित्वमा आउँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा स्वदेशी पुनर्बीमकका रूपमा पाँच दशकभन्दा लामो समय एकलाैटी राज गरेको जिआइसी रिले निजी क्षेत्रबाट पहिलो प्रतिस्पर्धी पाउने भएको छ। भारतीय बीमा नियामक, बीमा नियमन तथा विकास प्राधिकरणले बुधबार निजी क्षेत्रको भ्यालु एटिक्स पुनर्बीमा लिमिटेडको इजाजत पत्र अनुमोदन गरेसँगै निजी क्षेत्रको पुनर्बीमा कम्पनी सञ्चालनको बाटो खुलेको हो।

यो कम्पनीमा क्यानेडियाली अर्बपति प्रेम वत्साको फेयरफ्याक्स समूह र भारतीय व्यापारी कामेश गोयलको मुख्य लगानी छ। प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेखछ, “मेसर्स भ्यालुएटिक्स पुनर्बीमा लिमिटेडलाई दर्ता प्रमाणपत्र प्रदान गर्न स्वीकृति दिइएको छ। यो पुनर्निर्मित नियामक परिदृश्यमा विशेष रूपमा पुनर्बीमा व्यवसाय सञ्चालन गर्न दर्ता प्रदान गरिएको पहिलो पुनर्बीमाकर्ता हो। पुनर्बीमा क्षेत्रमा प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न निजी क्षेत्रको प्रवेश महत्वपूर्ण हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

Crest

एशियनइन्स्योरेन्स पोष्टका अनुसार, ओबेन भेन्चर्स एलएलपी (कामेश गोयल) र एफएएल कर्पोरेशन (फेयरफ्याक्स फाइनान्सियल होल्डिंग्स) भ्यालुएटिक्स रि का प्रवर्द्धकहरू हुनेछन्। पुनर्बीमकले व्यवसाय शुरू गर्न २ अर्ब १० करोड भारतीय रुपैयाँको प्रारम्भिक चुक्ता पूँजी लगानी गर्नेछ।

यसअघि डिसेम्बर २०१८ मा,  प्राधिकरणले गो डिजिटले पेश गरेको आइटिआई रि प्राप्त गर्ने प्रस्ताव अस्वीकार गरेको थियो । आइटिआई रिले सन् २०१६ मा प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरेपनि कुनै पनि व्यवसाय नगरी दुई वर्ष पछि बन्द गरिएको थियो।

हाल सरकारी स्वामित्व समेत रहेको भारतको एकमात्र स्वदेशी पुनर्बीमक जिआइसीले भारतीय बीमकबाट पुनर्बीमाको पहिलो प्रस्ताव प्राप्त गर्ने र अनिवार्य पुनर्बीमा(सेसन) को लाभ लिई रहेको छ। सन् १९७२ मा स्थापित जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इण्डियाले सन् २००० अघिसम्म भारतीय बजारमा निर्जीवन बीमा व्यवसाय र भारत सहित विश्व बजारमा पुनर्बीमकको सेवा प्रदान गर्दै आएको थियो। सन् २००० मा भारत सरकारले यसलाइ पूर्णरूपमा पुनर्बीमा कम्पनीमा रूपान्तरण गरेपछि अहिले यसले भारत बाहेक भुटान र रूसमा समेत पुनर्बीमा कम्पनी स्थापना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS