IME Life New

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका तीन जना संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता र विनय रेग्मीको नाममा रहेको ३१ हजार ५८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Esewa
Crest

संस्थापक शेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल यस शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सो शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। कम्पनीले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS