काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीको १८ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । नेप्सेले हिजो बिहीबारको अन्तिम कारोबार मूल्य ९५३.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरी ८०७.८० पैसा कायम गरेको छ । सोही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

















