IME Life New

ग्वार्को चोकको ओभरपासले सात दोबाटो र बालकुमारीमा जाम बढ्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सडक तथा यातायात पूर्वाधार विज्ञ आशिष गजुरेलले ग्वार्को ओभर पास सडक सञ्चालनमा आएसँगै चक्रपथको ट्राफिक जामको समस्या समाधान नहुने बताएका छन्।

ग्वार्को चोकमा निर्मित ओभर पासबाट शुक्रबारदेखि सवारी साधन गुड्न थालेपछि यो पूर्वाधारको निर्माणसँग जोडिएको काठमाडाैं उपत्यकाको यातायात व्यवस्थाका विषयमा ९ बुँदे तथ्य सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै विज्ञ गजुरेलले यो अस्थायी समाधान मात्र भएको बताए ।

Esewa
Crest

उनले ओभरपासको सञ्चालनसँगै ग्वार्को चोकको जाम बालकुमारी वा सात दोबाटो तर्फ सर्न सक्ने धारणा व्यक्त गरेका छन्। उनले त्यता तिर सर्ने जामको समस्या समाधानका लागि विचार गर्न पनि सरोकारवालालाई सुझाएका छन् ।

उनले ट्राफिक जामको समस्या समाधान गर्ने अचुक अस्त्र झैं ठानेर काठमाडौ उपत्यकामा थप फ्लाइओभर वा ओभारपास बनाउने योजना हतार गरी तत्काल नगर्न सरकारसँग अनुरोध गरेका छन् । उनले भनेका छन् , ग्वार्कोको अनुभवको विश्लेशण गरी मात्र आगामी योजाना बनाउनुपर्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता पूर्वाधार अझै थप्ने बताएका थिए ।

उनको भनाइमा चौडा सडक, सुरुङ, फ्लाइओभर वा थप सडक लेन निर्माण गरेर सवारी जामको समस्या समाधान गर्न सकिन्छ भन्ने सामान्य बुझाइ भएपनि वास्तवमा अन्य धेरै देशको अनुभवले यस्ता संरचना मात्र समाधानका उपाय होइनन् । सडकको क्षमता मात्र वृद्धि गर्ने भनेको अल्पकालीन समाधान मात्र हो ।
फराकिला सडक वा फ्लाइओभरले निजी सवारीसाधन चढ्न प्रोत्साहन गर्ने विश्वव्यापी अनुभव छ। सवारीसाधनको संख्यामा दिनानुदिन वृद्धि हुने मात्र होइन सडक क्षमताभन्दा गाडीको चाप बढी हुने अवस्था सिर्जना भई ट्राफिक जामको समस्या फेरि उस्तै हुन्छ ।
सवारी साधनको संख्या नियन्त्रणबाट नै जामको समस्या समाधान गर्न सकिने उनको भनाइ छ। तर नेपालको हकमा यो संभव नभएको उल्लेख गर्दै उनले भनेका छन्, दिन प्रतिदिन सवारीसाधनको संख्यामा वृद्धि हुने भएकाले ट्राफिक समस्या फेरि आउने निश्चित छ ।
निजी सवारी साधन चढ्नेको संख्या सीमित भएपनि पहुँच र प्रभावका कारण राजनीतिक नेतृत्वले उनीहरूको हितलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माण गर्ने भएकाले  ग्वार्को ओभरपास पनि यसकै परिणाम भएको उल्लेख गरेका छन् ।
मंगरबजार–ग्वार्को–लुभुतर्फ यही ओभरपासमा रहेको पुल मुनिबाट सवारी आवागमन हुन्छ । त्यस्तै चक्रपथको सर्भिस लेनबाट गुड्ने सवारीले सिधा, दाहिने वा देब्रे मोडिनुका लागि ग्वार्को ओभरपासको दायाँ बायाँ पालो कुर्नुपर्छ। यो पक्षलाई सम्बोधन गर्न यो चोकमा सवारी व्यवस्थापनका लागि यो पाटो अझ स्पष्ट हुनुपर्नेछ ।
ग्वार्को पूर्वाधारको क्षमता वृद्धि भयो तर कलंकी–कोटेश्ववर खण्डलाई एउटा सञ्जाल मान्ने हो भने सञ्जालको क्षमतामै धेरै वृद्धि नभएको गजुरेलको भनाई छ। उनले भनेका छन्, बनेका पूर्वाधारलाई कसरी पूर्ण क्षमतामा प्रयोग गर्ने भन्नेतर्फ अबको छलफल र विश्लेषण केन्द्रित हुनुपर्छ।
गजुरेलका अनुसार, ग्वार्को ओभरपासले अब चक्रपथ–कलंकी–कोटेश्वर जाम हुन्न भन्ने सन्देश सडक प्रयोगकर्तामा जानुहुन्न किनभने सञ्जालको क्षमता बढेको छैन । त्यस्तै मंगलबजार–ग्वार्को–लुभुतिर जाने–आउने सवारी र चक्रपथको सर्भिसलेनका सडकहरूले पनि कुर्नुपर्ने अवस्था यथावत् रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS