काठमाडौं । ह्वाट्सएपमा गेस्ट मोड देखिएको छ। जुन निकै खास सुविधा हो।
यो गेस्ट मोडको मद्दतले ह्वाट्सएप प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग नगर्नेहरुसँग च्याटिङ गर्न सकिन्छ। ह्वाट्सएपको अपकमिङ फिचरलई ट्रक गर्ने वेबसाइट डब्ल्यूएबिटाइन्फोले यो फिचरको जानकारी दिएको हो। यो अहिले ह्वाट्सएप बिटामा एन्ड्रोइड २.२५.२२.१३ भर्जनबाट नयाँ फिचर देखिएको हो।
लेटेस्ट बिटा भर्जनबाट म्यासेजिङ एपमा नयाँ फिचरले काम गरिरहेको पत्ता लागेको छ। जसमा प्रयोगकर्तालाई ह्वाट्सएप नचलाउनेहरुसँग पनि च्याटिङ गर्न सक्ने अप्सन दिइएको छ।
सबै परीक्षण सकिएपछि यो फिचरलाई स्टेबल भर्जनका लागि जारी गरिने बताइएको छ। यद्यपि, यसका लागि कुनै समयसीमा तोकिएको छैन।
विशेषगरी ह्वाट्सएपमा गेस्ट मोड इको सिस्टममा काम गर्नेछ। यसबाट ह्वाट्सएप प्रयोगकर्ताले निकै फाइदा हुन्छ। किनकि उनीहरुले ह्वाट्सएप नचलाउनेहरुसँग पनि च्याट गर्न सक्नेछन्।

















