IME Life New

अब ह्वाट्सएप नचलाउनेहरुसँग पनि च्याट गर्न मिल्ने, आयो गज्जबको नयाँ फिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपमा गेस्ट मोड देखिएको छ। जुन निकै खास सुविधा हो।

यो गेस्ट मोडको मद्दतले ह्वाट्सएप प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग नगर्नेहरुसँग च्याटिङ गर्न सकिन्छ। ह्वाट्सएपको अपकमिङ फिचरलई ट्रक गर्ने वेबसाइट डब्ल्यूएबिटाइन्फोले यो फिचरको जानकारी दिएको हो। यो अहिले ह्वाट्सएप बिटामा एन्ड्रोइड २.२५.२२.१३ भर्जनबाट नयाँ फिचर देखिएको हो।

Esewa
Crest

लेटेस्ट बिटा भर्जनबाट म्यासेजिङ एपमा नयाँ फिचरले काम गरिरहेको पत्ता लागेको छ। जसमा प्रयोगकर्तालाई ह्वाट्सएप नचलाउनेहरुसँग पनि च्याटिङ गर्न सक्ने अप्सन दिइएको छ।

सबै परीक्षण सकिएपछि यो फिचरलाई स्टेबल भर्जनका लागि जारी गरिने बताइएको छ। यद्यपि, यसका लागि कुनै समयसीमा तोकिएको छैन।

विशेषगरी ह्वाट्सएपमा गेस्ट मोड इको सिस्टममा काम गर्नेछ। यसबाट ह्वाट्सएप प्रयोगकर्ताले निकै फाइदा हुन्छ। किनकि उनीहरुले ह्वाट्सएप नचलाउनेहरुसँग पनि च्याट गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS