IME Life New

लाभांश पारित गर्न निफ्राले डाक्यो असोज २३ गते आठौँ वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ । सभा असोज २३ गते, शुक्रबार अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा आयोजना गर्ने जनाएको छ । सभा बिहान ९ बजे हुने कम्पनीको भनाई छ ।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८२/ ८३ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पुँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्नेछ ।

कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८३/ ८४ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनी ऐन २०६३ को दफा १११(३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक  BRS Neupane & Co., Chartered Accountants ले बैंकको लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गरेको हुँदा पुनः नियुक्त हुन सक्ने बताइएको छ ।

सभाले आ.व. २०८१/८२ को सातौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहमा प्रतिनिधित्व गर्ने गरी निर्वाचित २ जना सञ्चालकहरुमध्ये सञ्चालक लिमा अधिकारी आचार्यले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भई सो स्थानमा सञ्चालक समितिको १७८ औं बैठकको निर्णयबाट सोही समूहको प्रतिनिधित्व गर्ने अनिता रायमाझीलाई सञ्चालकको रुपमा नियुक्त गरिएकोमा सो नियुक्ति बाँकी कार्यकालको लागि अनुमोदन गर्ने लगायतका प्रस्ताव पारितगर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS