IME Life New
GBIME

अझै पनि स्वदेशी बीमकमाथि नै पूर्ण निर्भर छन् नेपाली पुनर्बीमक

SPIL
Global College
Nepal Life

काठमाडौं । स्वदेशी दुई पुनर्बीमा कम्पनी बीमा व्यवसायका लागि अझै पनि स्वदेशी बीमा कम्पनीमै पूर्ण निर्भर देखिएका छन्। सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा आएको ११ वर्ष र निजी क्षेत्र प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स सञ्चालनमा आएको ३ वर्ष पूरा भई सकेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार यी दुवै पुनर्बीमकको कुल निर्जीवन बीमा कारोबारको ९४ प्रतिशत हिस्सा स्वेदशी निर्जीवन बीमकले योगदान गरेका छन् । दुई पुनर्बीमकले गत आर्थिक वर्ष २०८०।८१ मा कुल १३ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकामध्ये विदेशी बीमा व्यवसायको योगदान जम्मा ६.२८ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा पुनर्बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा जोखिम स्वीकारेबापत कुल व्यापारको जम्मा ४.४ प्रतिशतमात्र बीमाशुल्क आम्दानी गरेका थिए ।

Crest

अघिल्लो आर्थिक वर्ष २०७९।८० मा स्वदेशी पुनर्बीमकले निर्जीवन बीमा व्यवसायवापत कुल ११ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ पुनर्बीमाशुल्क संकलन गरेका थिए । योमध्ये विदेशीको हिस्सा ५२ करोड ४१ लाख रुपैयाँमात्र रहेको थियो । यसैगरी गत आर्थिक वर्ष २०८०।८१ मा विदेशीको हिस्सा ८७ करोड ८७ लाख रुपैयाँमात्र थियो।

लिखित पुनर्बीमा व्यवसायको आकारका आधारमा विश्वको दशाैं ठूलो मानिने भारतीय पुनर्बीमक जीआईसी रिले कुल बीमाशुल्कको ३५ प्रतिशत रकम विदेशी कारोबारबाट प्राप्त गरिरहेको छ। यसले आफ्नो कुल व्यवसायमा विदेशी व्यापारको हिस्सा ४० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।

नेपालको बीमा कम्पनीहरुको जोखिम दुई स्वदेशी बीमकमा अधिक केन्द्रित भएको भन्दै बीमकले निरन्तर चिन्ता व्यक्त गर्दै आएका छन् । जोखिमको अधिक एकीकृत हुँदा २०७२ सालको महाभूकम्प वा अन्य कुनै महाविपत्ति भइदिएको अवस्थामा स्वदेशी पुनर्बीमकले थेग्न नसक्ने र नेपालको समग्र बीमा क्षेत्रको छवि नै सधैँका लागि बदमान हुने चिन्ता उनीहरुको छ। कोरोना महामारीको बीमा गर्ने गम्भीर भूलको मूल्य अझै पनि स्वदेशी निर्जीवन बीमक र सर्वसाधारण बीमितले चुकाउनु परिरहेको छ।

पुनर्बीमाको मुख्य सिद्धान्त नै हो, कमजोर बहन क्षमता भएको बीमकले बलियो बीमक वा पुनर्बीमकलाई आफूले स्वीकारेको जोखिम हस्तान्तरण गर्नु। तर, नेपालको पुनर्बीमा व्यवसायको हकमा कमजोर बीमकका लागि वित्तीय रुपमा कमजोर पुनर्बीमक नै अन्तिम सहाराका रुपमा उभ्याइएका छन् ।

निर्जीवन बीमाबाट पुनर्बीमा कम्पनीले स्वदेशी बीमा व्यवसायीलाई गरेको कुल दाबी भुक्तानी आर्थिक वर्ष २०७९।८० मा ६ अर्ब २० करोड रुपैयाँमा सीमित भएकोमा आर्थिक वर्ष २०८०।८१ मा ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गर्नु परेको छ।

स्रोत: नेपाल बीमा प्राधिकरण

यसरी निर्जीवन बीमा कम्पनीहरुबाट संकलन गरेको कुल बीमाशुल्कको औसतमा नेपाली पुनर्बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीहरुलाई आर्थिक वर्ष २०७९।८० मा १ अर्ब २५ करोड रुपैयाँ र आर्थिक वर्ष २०८०।८१ मा १ अर्ब ३४ करोड रुपैयाँ रेट्रोसेसन गरेका थिए । आर्थिक वर्ष २०७९।८० मा ४० करोड रुपैयाँ र आर्थिक वर्ष २०८०।८१ मा ७४ करोड बराबरको पुनर्बीमा दाबीमार्फत भुक्तानी प्राप्त भएको देखिन्छ।

विदेशी बीमा व्यवसायबाट जोखिम स्वीकारेवापत स्वदेशी पुनर्बीमकले गत आर्थिक वर्ष २०८०।८१ मा ३९ करोड रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा.४० करोड रुपैयाँ कुल दाबी भुक्तानी गर्नुपरेको थियो।

नेपाल बीमा प्राधिकरण नेपालमा जीवन बीमाबाट पुनर्बीमकहरुले स्वदेशी बीमा व्यवसायबाट गत आर्थिक वर्षमा ३ अर्ब २९ करोड रुपैयाँ पुनर्बीमाशुल्क असुलेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९।८० मा यस्तो आम्दानी जम्मा ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो। स्वदेशी जीवन बीमकले आर्थिक वर्ष २०८०।८१ मा १ अर्ब ६६ करोड रुपैयाँ कुल दाबी भुक्तानी पाएका छन् । अघिल्लो आर्थिक वर्षमा जीवन बीमकले १ अर्ब ६० करोड रुपैयाँ दाबी भुक्तानी पाएका थिए ।

स्वदेशी दुई पुनर्बीमकले आफूले स्वीकारेको जोखिम हस्तान्तरण गर्दै आएका छन् । यस अन्तर्गत यहाँका दुई पुनर्बीमकले आर्थिक वर्ष २०८०।८१ मा १६ करोड रुपैयाँ रेट्रोसेसन गरेकोमा दाबीबापत ५ करोड रुपैयाँ पाएका थिए।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS