IME Life New

आइतबारसम्म शेयर किन्नेले नेपाल लाइफको २१.०५ प्रतिशत लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफको लाभांश सुरक्षित गर्ने पुस ६ गते अर्थात आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी सोहीबमोजिम वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा उद्देश्यलगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले संस्थापक शेयरधनी (समूह क)का तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS