IME Life New

सीमान्तकृत वर्गको सुरक्षाका लागि लघु र सूचकांकमा आधारित बीमाको आवश्यकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बाढी, पहिरो, सुक्खा, भूकम्पजस्ता जलवायु परिवर्तनका कारण निम्तिने महाविपत्तिको उच्च जोखिममा छ।

सीमान्तकृत किसान, लघु उद्यमी र विपन्न समुदायहरुका लागि यी प्रकोपहरुले ठूलो आर्थिक क्षति पुर्याएका छन्। झन् गरिबीमा धकेलेका छन्। यस्तो परिवेशमा उपयुक्त समाधानसहितका बीमा योजनाहरु अहिलेको आवश्यकता हुन्।

Esewa
Crest

परम्परागत क्षतिपूर्ति बीमा विपन्न र पिछडिएको जनसंख्यामा पुग्न सकेको छैन। बीमालेख खरिद गर्ने झन्झटिलो कागजी प्रक्रिया, जटिल संरचना र सीमित जागरणले अवरोधहरु सिर्जना गरेको छ। यसले गर्दा उच्च जोखिममा रहेकाहरुलाई बीमाको सुरक्षा छाताबाट वञ्चित गर्छ। साना किसान र लघु उद्यमीका लागि वित्तीय सुरक्षाको अभावले सीमान्तकृत जनसंख्यालाई थप गरिबीको चक्रमा धकेल्न सक्छ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीसँगको समन्वयमा अत्याधुनिक प्रविधि र नवीन बीमा समाधानको संयोजनको उपयोग गर्दै यस संकटलाई सम्बोधन गर्दै सुरक्षाजाललाई पहुँचयोग्य, किफायती र प्रभावकारी बनाउनु जरुरी देखिएको छ। यसले समुदायलाई महाविपत्तिबाट पुनरुत्थान गर्न मद्दतमात्र गर्ने नभएर दीर्घकालीन लचिलोपन बढाउँछ।

समावेशी बीमा विपन्न समुदायका लागि जीवन रेखा हुन सक्छ। यसले न्यून आय भएका परिवारको जीवन, जीविकोपार्जन र सम्पत्तिको सुरक्षा गर्ने जोखिम हस्तान्तरण संयन्त्रमा पहुँच सुनिश्चित गर्छ। बीमा कम्पनीहरु, विकास साझेदारहरु, वितरण साझेदारहरु र सरकारी अधिकारीहरुसँगको समन्वयमा स्थानीय समुदायको आवश्यकता पूरा गर्ने गरी बीमा प्रक्रियाहरु सरलीकृत गर्न, जागरुकता बढाउन र सुलभ बीमा योजनाहरु तयार पारिनुपर्छ।

बीमा कम्पनीहरु समुदायमा आधारित संस्थाहरु र वितरण साझेदारहरुलगायत सरोकारवालाहरुसँग मिलेर नवीन बीमा उत्पादनहरुको विकास र प्रचलनमा ल्याउनुपर्ने अहिलेको आवश्यकता हो।

क्षतिपूर्तिमा आधारित परम्परागत बीमा योजनामा दाबी प्रशोधन गर्न महिनौँ लाग्न सक्छ। यसको विपरीत प्यारामेट्रिक (मौसमी सूचकांकमा आधारित) बीमाले नदीमा जलस्तर वृद्धि र वर्षाको मापन आदि पूर्वनिर्धारित सूचकहरुका आधारमा तत्काल भुक्तानी प्रदान गर्ने सुविधा दिएको छ। यसले प्रभावित घरपरिवारलाई औपचारिकता बिना तत्कालै वित्तीय सहायता प्राप्त गर्ने सुनिश्चित गर्दछ। छिटो पुनस्र्थापित गराउँछ।

नेपालमा यस्तो बीमा सुविधा अहिले कर्णाली र खुटिया नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायका लागि यो बीमा लागू गरिएको छ।
जनसंख्या, साना किसान र लघु उद्यमीले सामना गरेका विशेषखाले चुनौतीहरुलाई स्वीकार गर्दै नेपालले जलवायु प्रेरित प्रकोप, स्वास्थ्य आपतकाल र अन्य जोखिमहरुको कारण हुने आय नोक्सानीबाट जोगाउन तयार गरिएको लघुबीमा उत्पादन उपयोगी हुन्छन्। यी उत्पादनले जोखिममा रहेका जनसंख्याले प्रतिकूलताको सामना गर्दा पनि आफ्नो जीवन र जीविकोपार्जन चलाउन सकुन भन्ने सुनिश्चित गर्छ।

सरकारी निकाय, विकास साझेदार, बीमा कम्पनी, समुदायमा आधारित संस्थाहरु र प्रविधि सेवा प्रदायक सम्मिलित बहुसरोकारवाला दृष्टिकोणबाट समावेशी बीमालाई कार्यान्वयनमा रुपान्तरण गर्न सकिन्छ।

नेपालमा प्राकृतिक विपद्को बढ्दो क्रम र गम्भीरताले सरकारी स्रोतसाधनमा ठूलो भार परेको छ। बजेटको अभाव र अन्य प्राथमिकताहरुले प्रायः पुनर्निर्माणका प्रयासहरुमा ढिलाइ गर्छन्। यसले प्रभावित समुदायलाई अन्योलको अवस्थामा धकेल्छ। लघुबीमा र प्यारामेट्रिक बीमाजस्ता जोखिम स्थानान्तरण समाधानहरुमा लगानी गर्नु भनेको समावेशी बीमाको प्रावधानलाई सम्बोधन गर्ने र खाडल पुर्ने मात्र नभएर यो लचिलोपन निर्माणको लागि दीर्घकालीन रणनीति पनि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS