काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरले जेठ ११ गते आइतबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्दैछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता)हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको कोशी प्रदेशले सञ्चालन गर्न लागेको हो।
कोशी प्रदेशले आइतबार दिउँसो ३ बजेदेखि दिउँसो ४ः३० बजेसम्मपरीक्षा सञ्चालन गर्न लागेको हो ।


















