IME Life New

बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शनमा संशोधन, पेशागत मर्यादामा अझै कडाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाङ्की नियुक्तिसम्बन्धी मार्गदर्शनको पहिलो संशोधन जारी गरेको छ। नयाँ संशोधनले नेपालमा बीमाङ्कीको पेशागत मापदण्ड र पारदर्शिता बलियो बनाउने अपेक्षा गरिएको छ।

संशोधित मार्गदर्शनले जीवन बीमा, निर्जीवन बीमा र लघु बीमा कम्पनीमा कार्यरत बीमाङ्कीको योग्यता, जिम्मेवारी र पेशागत मापदण्ड स्पष्ट पार्ने प्रयास गरेको छ।

Esewa
Crest

संशोधित मार्गदर्शन अनुसार, बीमा कम्पनीले आवश्यकता अनुसार चार प्रकारका बीमाङ्की नियुक्त गर्न सक्ने योग्य बीमाङ्की नियुक्त गर्नुपर्नेछ। नियुक्त बीमाङ्की, सहकर्मी समीक्षा बीमाङ्की, परामर्शदातृ बीमाङ्की, र बीमाङ्की विश्लेषकको रूपमा वर्गीकृत गरिएको छ। यी सबैखाले बीमाङ्कीले पूर्ण कार्य अनुभव र पेशागत प्रमाणपत्रको मापदण्ड पुरा गर्नुपर्छ।

मार्गदर्शनले पेशागत स्वतन्त्रता, स्वार्थको द्वन्द्व व्यवस्थापन, र अन्तर्राष्ट्रिय बीमाङ्की मापदण्ड, जोखिममा आधारित पूँजी सम्बन्धित मापदण्ड, एनएफआरएस १७ लेखा मापदण्ड सहितको पालनामा बीमाङ्कीको भूमिकामा जोड दिएको छ।

नेपाली नागरिक भई नेपालमै बसोबास गर्ने बीमाङ्कीलाइ नियुक्त बीमाङ्कीको जिम्मेवारीमा नियुक्त गर्दा विदेशीको तुलनामा प्राधिकरणले कार्य अनुभव सम्बन्धि योग्यतामा लचकता अपनाएको  छ। विदेशीको हकमा २ वर्षको अनुभव अनिवार्य भएकोमा स्वदेशीको हकमा जम्मा १ वर्षको अनुभव तोकिएको छ। मार्गदर्शनमा संशोधनमार्फत यो व्यवस्था  समेटिएको हो।

संशोधनका प्रमुख बुँदाहरूः

  • सहकर्मी समीक्षा बीमाङ्की र एनएफआरएस १७ सम्बन्धी जिम्मेवारी स्पष्ट पारिएको।
  • बीमाङ्कीको योग्यता मापदण्ड कडा, न्यूनतम अनुभव र पेशागत प्रमाणपत्र आवश्यक।
  • बीमा कम्पनीहरूले प्राधिकरणमा विस्तृत कागजात पेश गर्नुपर्ने, जस्तै अभ्यासको प्रमाण पत्र, निरन्तर पेशागत विकास, र साझेदारी फर्मसँग स्वार्थको द्वन्द्व नभएको पुष्टी हुने घोषणा पत्र ।
  • बीमाङ्कीको जिम्मेवारीमा सोल्भेन्सी निगरानी, सम्पत्ति दायीत्व व्यवस्थापन, उत्पादन मूल्य निर्धारण, र बीमाङ्की प्रतिवेदन थपिएको।
  • विशेष कार्यको लागि परामर्शदातृ बीमाङ्कीको भूमिका र बीमाङ्की विश्लेषकको तालिम तथा कार्य अनुभवलाई बलियो बनाइएको।

नेपाल बीमा प्राधिकरणले यो संशोधनले नेपालको बीमा क्षेत्रमा बीमाङ्कीको सल्लाह स्वतन्त्र, पेशागत र अन्तर्राष्ट्रिय सर्वोत्तम अभ्यास अनुरूप सुनिश्चित गर्न तयार पारिएको जनाएको छ। यसले बीमा कम्पनीको सोल्भेन्सी(तत्कालै वित्तीय दायीत्व बहन गर्ने क्षमता) र स्थायीत्व बढाउनेछ र अन्ततः बीमितको सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

यो संशोधनले नेपालमा बीमाङ्की अभ्यासलाई पेशागत बनाउने र घरेलु नियमलाई विश्वव्यापी मापदण्डसँग तादाम्यता मिलाउन मद्दत पुग्ने भएपनि बीमाङ्की माथि कार्यभार थपिएको छ। यो कार्यभार बहन गर्न बीमकसँग हाल उपलब्ध बीमाङ्की विश्लेषक सक्षम भइसकेका छैनन् । नियुक्त बीमाङ्की भनिए पनि विदेशी बीमाङ्कीहरू परामर्शदातृ बीमाङ्कीको भूमिकामा छन् । अब मार्गदर्शन बमोजिम थपिएको कार्यभारसँगै उनीहरूले अतिरिक्त पारिश्रमिकको अपेक्षा गर्ने संभावना छ।

प्राधिकरणले सबै बीमा कम्पनीलाई नयाँ निर्देशन पालना गर्न, आवश्यक कागजात पेश गर्न र नियुक्त बीमाङ्कीको नियुक्ति गर्नुपूर्व नै औपचारिक स्वीकृति लिन, बीमाङ्की कुनै अनुशासनात्मक कारवाहीमा परेको भए ७ दिनभित्र अनिवार्य जानकारी गराउन निर्देशन दिएको छ। निर्देशनको अवज्ञा गरेमा स्वीकृति रद्द वा अन्य नियामकीय कारवाही हुन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS