IME Life New

१५ पदमा पदपूर्तीका लागि प्राधिकरणले प्रकाशन गर्‍यो अन्तरवार्ताको मिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले उपनिर्देशक सहित १५ कर्मचारी भर्नाका लागि खुलाएको पदपूर्ती विज्ञापन अन्तर्गत लिखित परिक्षामा उतीर्ण भएका उम्मेदवारहरूको अन्तरवार्ताको मिति प्रकाशन गरेको छ।

प्राधिकरणले शनिबार सार्वजनिक सूचना प्रकाशन गर्दै भदाै ६ गतेदेखि १० गतेसम्म कम्प्युटर शिप परिक्षण, सामूहिक छलफल र अन्तरवार्ताको तालिका सार्वजनिक गरेको छ।

Crest

प्रशासन तर्फ १ उपनिर्देशक पदका लागि प्राधिकरणले आन्तरिक प्रतिस्पर्धामार्फत बढुवा गर्ने भएको छ। यसका लागि आर्या रावल, कालिकान्त झा र निश्चल राज बानियाँ भदाै ६ गते हुने अन्तरवार्ता चरणमा सहभागिताका लागि छनाैटमा परेका छन्।

यसबाहेक प्राधिकरणले प्रशासन र कानूनतर्फ खुल्ला तथा समावेशी कोटा अन्तर्गत प्रतिस्पर्धामार्फत थप १४ जना नियुक्ति गर्दैछ । यस अन्तर्गत प्रशासनतर्फ सहायक निर्देशकका लागि ५ जना, कानून तर्फ सहायक निर्देशक ५ जना, प्रशासनतर्फ सहायक प्रथम ४ जनाको नियुक्तिका लागि प्राधिकरणले लिखित परिक्षामा उतीर्ण भएका प्रतिस्पर्धीहरूको नामावली प्रकाशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS