IME Life New

प्राधिकरणद्वारा बीमकका शाखा प्रमुखहरूसँग बीमा सम्बन्धी छलफल सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए ।

Crest

निर्देशक सापकोटाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको प्रदेश कार्यालयसँग समन्वय गरी गाउँघरमा समेत पुगेर कार्य गर्न र कृषि तथा पशुपन्छी बीमाको विस्तारमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले बीमा सम्बन्धी अनुसन्धान र विकासमा जोड दिनुपर्ने, कर्मचारीहरूका लागि तालिम संचालन गर्नुपर्ने, सीमा क्षेत्रमा बीमा सचेतना अभिवृद्धिका लागि होर्डिंग बोर्डहरू राख्नुपर्ने, कृषि बीमाको विस्तार एवम् प्रवद्र्धनलाई विशेष महत्व दिनुपर्ने र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) वापतको रकम सम्बन्धित प्रदेश अन्तर्गत नै खर्च गर्ने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखे ।

कार्यक्रममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका सिरहा जिल्लास्थित शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS