IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीले डाक्यो वार्षिक साधारणसभा, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निणय गरेको हो। सभा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन तथा कुनै फेरबदलका लागि नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सोही सभाले आर्थिक वर्ष २०७४।७५ र २०७५।७६ सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसहित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS