काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरका लागि १ जना, कम्प्लेन्स लेगल अफिसरका लागि केही र ब्रान्च म्यानेजर अपरेसन क्रेडिटका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
ब्रान्च म्यानेजरका लागि ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने चिफ रिस्क अफिसर र कम्प्लेन्स लेगल अफिसरका लागि ४० वर्ष ननाघेको हुनुपर्ने बैंकको भनाई छ । उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।













