काठमाडौं । नबिल र ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः
चुक्तापुँजीः नबिल बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ।
जगेडा कोषः नबिल बैंकको जगेडा कोषमा ३१ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ रहेको छ।
रिटेन्ड अर्निङः नबिल बैंकको रिटेन्ड अर्निङमा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको रिटेन्ड अर्निङमा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।
निक्षेप र कर्जाः नबिल बैंकले ५ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमई बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
खुद ब्याज आम्दानीः नबिल बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमई बैंकले १६ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
सञ्चालन नाफाः नबिल बैंकले १० अर्ब ८४ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले ८ अर्ब ७७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।
खुद मुनाफाः नबिल बैंकले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ।
वितरणयोग्य नाफाः नबिल बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ३७ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।
किताबी मूल्यः नबिल बैंकको किताबी मूल्य २३५.५८ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंकको किताबी मूल्य १७७.६३ रुपैयाँ छ।
वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणका आधारमा नबिल बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ छ।
खराब कर्जाः नबिल बैंकको खराब कर्जा ४.२७ प्रतिशत हुँदा ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.८७ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

















