काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ८ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९३ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २१ गते सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभाले अनुमोदन नगरेपछि लगानीकर्ताहरुले लाभांश पाउनेछन्।
सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर जारी निर्णय विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १४ गतेभन्दा अघिसम्म कायम शेयरधनी लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

















