IME Life New

‘जेन जी’ आन्दोलनमा तोडफोड र लुटपाटपछि पुनःस्थापना गरिएनन् अधिकांश एटिएम बुथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्ष भदाै २३ गते भएको प्रदर्शनका क्रममा दमनविरूद्ध भदाै २४ गते भएको तोडफोड र आगजनीका क्रममा लुटपाटपछि क्षतिग्रस्त बनाइएका राजधानीको मुख्य चोकका अधिकांश एटिएम बुथ वाणिज्य बैंकहरूले पुनःस्थापना गरेका छैनन् ।

उपभोक्ताका अनुसार, विशेषगरी रातको समयमा एटिएम मेशिनमा नगद नहुने वा प्राविधिक गडबडीका कारण नगद झिक्न नमिल्ने समस्या पछिल्लो समयमा बढेको छ।

Esewa
Crest

त्रिपुरेश्वर चोकमा वल्ड ट्रेड सेण्टर परिसर बाहिर पेटीमा राखिएका मध्ये अहिले मुश्किलले २ वटा एटिएम सञ्चालनमा छन्। एनआइसी एशिया बैंकले वर्ल्ड ट्रेड सेण्टर छेउमा शाखा कार्यालयसँगै राखेको एटिएम र कार्यालय दुबै राहदानी विभागको कार्यालय रहेको गल्लीमा सारेको छ। टेकुकै पेट्रोल पम्प परिसरमा रहेको एभरेष्ट बैंकको एटिएम बुथ बन्द भएको पनि महिनाैं बिति सकेको छ।

कुनै बेला एनआइसी एशिया बैंक लगायत प्रमुख वाणिज्य बैंकहरूको एटिएम लहरै राखिने टेकुस्थित ज्योती समूहको व्यवसायीक परिसरिभित्र पनि हिमालयन बैंक बाहेकको एटिएम काम गर्दैन। टेकु रोडमै रहेको अन्य बैंकका एटिएम पनि बिदाको दिन वा रातको समयमा बन्द रहन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS