काठमाडौं मिथिला लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, सहायक अधिकृतका लागि २ जना, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि आवेदन दिन ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।













