IME Life New

लघु निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे १६ करोड बीमाशुल्क, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को भदौसम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुले साढे १६ करोड कुल बीमाशुल्क संकलन गरेका छन् । संञ्चालनमा रहेका ४ लघु निर्जीवन बीमा कम्पनीहरुले ५८ हजार २३८ वटा बीमा पोलिसी बिक्री गरी कुल १६ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले भदौसम्ममा १४ हजार २९६ वटा बीमा पोलिसी बिक्री गरी कुल ४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै २ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Crest

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा १६ हजार ३७ वटा बीमा पोलिसी बिक्री गरी ४ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै २ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा १५ हजार ४३९ वटा बीमा पोलिसी बिक्री गरी ३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै १ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सले भदौ महिनासम्ममा १२ हजार ४६६ वटा बीमा पोलिसी बिक्री गरी ४ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै २ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS