IME Life New

एशियन लाइफको माबिलुङ इनर्जीले पायो आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स प्रवर्द्धक रहेको जलविद्युत उत्पादक कम्पनी, माबिलुङ इनर्जीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जीलाई आइपीओ ल्याउन अनुमति दिएको हो। कम्पनीले चुक्ता पूँजी ४८.९९९८ प्रतिशतले हुन आउने साधारण शेयर जारी गर्ने अनुमति पाएको छ।

Esewa
Crest

रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार, शेयर निष्काशन प्रयोजनका लागि जुन २०२४ मा गरिएको वित्तीय सबलता मूल्याङ्कनमा माबिलुङ एनर्जीले इक्रा एनपी आइआर रेटिङ्गको पुनः पुष्टी गरिएको थियो।

अब कम्पनीले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

संखुवासभाको मादी र चैनपुर नगरपालिकामा यो कम्पनीले ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला तेश्रो जलविद्युत आयोजना निर्णमा गरिरहेको छ। नदीको बहावमा आधारित रहेर विद्युतीय उर्जा उत्पादन गर्ने यो आयोजना ४० प्रतिशत संभाव्यता (प्रोबाबिलिटी एक्सिडेन्स क्यु फोटी) मा निर्माणाधीन रहेको छ।

यस्तो छ प्रवर्द्धकको शेयर स्वामित्वः

इक्रा नेपालले ८ जुलाइ २०२४ मा प्रकाशन गरेको जानकारी अनुसार, माबिलुङ इनर्जीमा एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत शेयर स्वामित्व रहेको छ। यसैगरी गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको २० प्रतिशत, राजेश लाल श्रेष्ठको ११ प्रतिशत र अन्य ७ जना व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको ४३ प्रतिशत शेयर स्वामित्व रहेको थियो। त्यसबेला यसको चुक्ता पूँजी १९ करोड ७० लाख रूपैयाँ रहेको थियो।

यसअघि सन्  १३ जुलाइ २०२३ को विज्ञप्ती अनुसार, यसमा एशियन लाइफ, गुह्येश्वरी मर्चेण्ट र राजेश लाल श्रेष्ठको बाहेक ट्रष्ट एनर्जीको ७ प्रतिशत र एशियन क्यापिटलको ५ प्रतिशत शेयर स्वामित्व रहेको थियो। एशियन क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सको बहुमत स्वामित्व भएको कम्पनी हो।

७० प्रतिशत बैंक कर्जा लगानी गरेर कुल ९३ करोड ७० लाख रूपैयाँमा आयाेजना निर्माण गर्ने अनुमान रहेकोमा यसको निर्माण लागत बढेको थियो ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रशारण लाइन र बिक्री दुबैमा ढुक्कः

इक्रा नेपालका अनुसार, आयोजना निर्माणस्थल नजिकै बानेश्वर सबस्टेशनबाट प्रशारण लाइनमा जोडिने पूर्व स्वीकृति र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झाैता गरि सकेकाले यो आयोजनाबाट उत्पादित बिजुली खेर जाने संभावना न्यून छ। यो जलविद्युत आयोजनाबाट बानेश्वर सब स्टेशन १४ किलोमिटर दूरीमा अवस्थित छ। त्यहाँसम्म ३३ केभी क्षमताको प्रशारण लाइन निर्माण गरिएको छ।

वर्षायाम (मध्य अप्रिल – मध्य डिसेम्बर) को लागि प्रति किलोवाट प्रति घण्टा रू ४.८ र हिउँदमा (मध्य डिसेम्बर देखि मध्य अप्रिल) को लागि रू ८.४ प्रति किलोवाट प्रति घण्टाको पूर्वनिर्धारित शुल्क निर्धारण गरेको छ। यो सम्झाैतामा लगातार आठ वर्षसम्म आधार शुल्कमा ३% वार्षिक वृद्धि हुनेछ। यस्तो शुल्क वृद्धि बिजुली उत्पादन शुरू भएको दोश्रो वर्षदेखि लागू हुनेछ।

बिजुली बिक्रीका लागि माबिलुङ एनर्जीले प्राधिकरणसँग ३० वर्षे अवधिको सम्झाैता गरेको छ।

यद्दपी जल प्रवाहमा आधारित भएकाले नदीको बहावमा हुन सक्ने परिवर्तन र बाढीको जोखिम भने रहने इक्रा नेपालको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS