काठमाडौं । बिगत १५ वर्ष देखि सक्रृय रुपमा जीवन बीमा क्षेत्रमा योगदान दिएका अमिस राज जोशी हालै लिबर्टी माइक्रो लाइफको डिभिजनल हेडमा नियुक्त भएका छन् । उनले जीवन बीमाको सुरुवात मेट लाइफबाट गरेका हुन भने पछिल्लो सूर्यज्योति लाइफमा आवद्ध थिए । १५ वर्ष लामो जीवन बीमा अनुभव लिएका जोशी हालै लघु जीवन बीमामा प्रवेश गरेका हुन ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पोखरा–०८ कास्कीमा अवस्थित कम्पनि ऐन २०६३ अन्र्तगत २०७९/०९/१७ मा स्थापना भएको कम्पनि हो । लिबर्टी माइक्रो लाइफ एक सार्वजनिक कम्पनि हो र यो मुख्यतया प्रतिष्ठित र सफल बैंकरहरु, निर्माण उद्योगीहरु, वित्त र लगानी फर्महरु र विभिन्न उद्योग र व्यवसायका प्रतिष्ठित प्रतिनिधिहरुद्धारा प्रवद्र्धित रहेको छ ।
लिबर्टी माइक्रो लाइफले उपनगरीय र ग्रामीण क्षेत्रहरुमा बीमा सेवाको पहुच बिस्तार गर्न, वित्तिय जागरुकता सिर्जना गर्न र सीमान्तकृत समुदायलाई उनिहरुको वित्तीय स्थिरीकरणको लागि बीमा सेवा प्रदान गर्नमा केन्द्रित छ । लिबर्टी माइक्रो लाइफले आधारभूत तहसम्म पुग्ने र उनीहरुको वित्तीय समावेशीकरण र दिगो आर्थिक उत्थानको यात्रामा परिवारलाई सहयोग गर्ने र न्युन आय भएका मानिसहरुलाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेको छ ।
यस कम्पनिले सुरक्षित बाल भविष्य योजना, समृद्ध भविष्य लघु जीवन बीमा, ग्यारेण्टीड ग्रोथ प्लान, समृद्धि कवच म्यादी लघु जीवन बीमा, सामुहिक म्यादी लघु जीवन बीमा र ग्रामीण सामूहिक म्यादी बीमा योजना गरि विभिन्न ६ प्रकारका बीमा योजना मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेका छन् ।
यस कम्पनिको उद्देश्य सानो सानो अनुशासित बचत गराउनुका साथै सम्भावित विभिन्न जोखिम बिरुद्ध आफ्नो र आफ्नो परिवारको आर्थिक सुरक्षा र वित्तीय स्थिति सुरक्षित गर्नु हो । यो परिवार र समुदायको दिगो आर्थिक कल्याणको लागि समर्पित कम्पनि हो ।

















