काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ६ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।













