काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव १७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्ट र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फन्डका इकाईधनीले ६ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । मान्डु हाइड्रोका लगानीकर्ताले ४ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।













