काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव ०४ अंकले घटेर २,६४१ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ४ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ४ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् ।













