काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ७९ अंकले बढेर २,६६७ को विन्दुमा कायम भएको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावरका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । रिडी पावरका लगाीकर्ताले ५ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।













