काठमाडौं । आज नेप्से परिसूचक ३९ दशमलव ४४ अंकले घटेर २,७४४ को विन्दुमा कायम भएको छ । आज १३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ३ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाइएनीले ३ प्रतिशतका दरले कमाएका छन् ।













