काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ७३ अंकले घटेर २,७३८ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै श्रीनगरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले ७ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।













