IME Life New

विपद सम्बन्धी एकीकृत सूचना प्रणाली विपद पोर्टल सम्बन्धमा स्थानीय तहलाई तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी प्रदेशको मोरङमा विपद् पोर्टल  को स्थानीयकरण सम्बन्धी तालिम सञ्चालन गरेको छ।

प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले विपद् पोर्टललाई विपद् सम्बन्धी एकीकृत सूचना प्रणालीका रुपमा विकास गरिएको जानकारी दिंदै यसका लागि स्थानीय तहले पनि चासो देखाउनुपर्ने बताए।

Esewa
Crest
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले तालिमले विपद् पोर्टलबाट सूचना तथा जानकारी प्राप्त गर्न एवं स्थानीय तह र जिल्लाका सूचना अद्यावधिक गर्न मद्द गर्ने विश्वास व्यक्त गरे ।
प्राधिकरणका प्राविधिकहरुले तीन दिनसम्म मोरङ जिल्लाका १६ वटा पालिका र कर्णाली प्रदेश अन्तर्गतको जुम्लाको चन्दननाथ नगरपालिकाका विपद् सम्पर्क व्यक्ति तथा सूचना प्रविधि व्यस्थापनसँग सम्बन्धित कर्मचारीहरुको सहभागिता रहेको प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS