IME Life New

राष्ट्रिय वित्तीय प्रणालीमा उदाउँदै बीमा क्षेत्र, ५ वर्षभित्र जीवन बीमा कोष रु. १५ खर्ब नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा बीमा क्षेत्र एउटा बलियो र भरपर्दो खम्बाका रुपमा उदाउँदै गएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेका तथ्यांकहरुले राष्ट्रिय वित्तीय संरचनामा बीमा क्षेत्रको हिस्सा उल्लेख्य रुपमा वृद्धि भएको देखाएका छन्।

हाल नेपालको कुल वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्वमा बीमा क्षेत्रको योगदान ७.६ प्रतिशत पुगेको छ। जुन एक दशकअघिको तुलनामा निकै उत्साहजनक मानिन्छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषजस्ता अन्य गैरबैंकिङ वित्तीय संस्थाको तुलनामा बीमा क्षेत्रको उपस्थितिले यसको बढ्दो प्रभावकारितालाई पुष्टि गरेको छ।

Esewa
Crest

अर्थ मन्त्रालयले प्रकाशन गरेको पछिल्लो ३ आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनका अनुसार राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान २०८० पुस मसान्तमा ७.३ प्रतिशत, २०८१ पुस मसान्तमा ७.८ प्रतिशत र २०८२ पुस मसान्तमा ७.६ प्रतिशत रहेको छ।

विशेषगरी जीवन बीमा कम्पनीहरुले परिचालन गर्ने दीर्घकालीन बचत र लगानीका कारण यो क्षेत्र पुँजी बजारको प्रमुख स्रोत बनेको छ। आर्थिक वर्ष २०८१।८२ को अन्त्यसम्ममा जीवन बीमा कोषको आकार ८ खर्ब रुपैयाँ नाघिसकेको छ। जुन नेपाल सरकारको वार्षिक विकास बजेटको तुलनामा समेत ठूलो देखिन्छ। हालको वृद्धिदर (औसत वार्षिक १४.६२ प्रतिशत) कायम रहे आगामी ५ वर्षभित्र यो कोष झन्डै दोब्बर भई १५ खर्ब रुपैयाँ नाघ्न सक्ने अनुमान छ।

यसरी संकलित विशाल पुँजीलाई बीमा कम्पनीहरुले उत्पादनशील क्षेत्र र पूर्वाधार निर्माणमा परिचालन गर्न थालेका छन्। जसले गर्दा बैंकिङ प्रणालीमा मात्र निर्भर रहेको कर्जा प्रवाहको भारलाई समेत यसले कम गर्न सघाएको छ। यदि हालकै वृद्धि दर कायम रहेमा आगामी केही वर्षभित्रै बीमा क्षेत्र नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो दीर्घकालीन पुँजी प्रदायकका रुपमा स्थापित हुने देखिन्छ।

वित्तीय प्रणालीमा बीमा क्षेत्रको बढ्दो गहराइलाई यसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातले पनि स्पष्ट पार्छ। हाल जीडीपीमा बीमाशुल्कको योगदान ३.७२ प्रतिशत पुगेको छ भने मर्जर र पुँजी वृद्धिको नीतिले कम्पनीहरुको वित्तीय क्षमता थप सुदृढ बनाएको छ।

नेपालको बीमा क्षेत्र क्रमशः उकालो यात्रामा भएकाले वित्तीय प्रणालीको सम्पत्ति आधारमा यसको योगदान बढ्दो छ। बीमाशुल्क संकलन तीव्र गतिमा अगाडि बढिरहेको छ। पुँजी कोष र बीमा कोष झन् बलियो हुँदै गएको छ र दीर्घकालीन पुँजी परिचालकका रुपमा यसको भूमिका क्रमशः स्वीकार्य हुँदै गएको छ।

विप्रेषण (रेमिट्यान्स) माथिको निर्भरता घटाउन, पूर्वाधार विस्तारमा लगानी जुटाउन र पुँजी बजारलाई गहिरो बनाउन इच्छुक एउटा अर्थतन्त्रका लागि बीमा क्षेत्र नेपालको वित्तीय प्रणालीको सबैभन्दा महत्वपूर्ण तर अझै पनि पर्याप्त मूल्यांकन नभएको एउटा मजबुत आधारस्तम्भका रुपमा उदाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS