IME Life New

बीमाका अवसर र यस पेसालाई सफल बनाउनका लागि चाहिने आवश्यक गुणहरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

  • हाङमा सुब्बा

म्याम १ कोरोनाको जस्तो विषम र तनावपूर्ण समयमा पनि बीमा व्यवसाय चाहिँ ग्रोथ देखियो किन होला ? यो प्रश्न इन्टन गर्न आएको एक विद्यार्थीको थियो। ऊ बीमाप्रति धेरै नै जिज्ञाशु थियो र त्यस अवस्थामा पनि बीमाको ग्रोथ कसरी हुन सक्छ भनेर अचम्भित पनि।

निश्चिय नै बीमा र कोरोनाबीचको सम्बन्धलाई भवित्तव्य आइपर्ने दुर्घटना र त्यसले पुर्याउने आर्थिक क्षतिले कुनै पनि सम्बन्ध राख्दैन। भवितव्यको आँकंलन गरेर नै बीमा गर्नुपर्दछ। बीमा सर्वोपरी मान्यता यही हो कारण बीमाले मानिसको जीवनको हरेक पाटोलाई छोएको हुन्छ। र, भनाइ नै छ– ‘सिसाको घरमा बस्नेले बीमाको महत्व पनि उत्तिकै बुझन आवश्यक छ।’

Crest

अक्सर विद्यार्थीहरुका भनाइ चाहिँ सैद्धान्तिक र व्यवहारिकमा अलि अन्तर पायौँ भन्ने नै हुने गर्दछ। कतिपय विद्यार्थीहरु एक प्रकारको रिसर्च नै गरेर आउने पनि गर्दछन्। यसले बीमाप्रति विद्यार्थीहरुको चासो बढदै गइरहेको पाउँदंछौँ। जुन विषय सुखद् हो। बीमा क्षेत्रले नयां र टयालेन्टहरुको उत्साह र उनीहरुको अपेक्षालाई क्यापिटलाइज गर्न आवश्यक छ।

बीमा क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि अवसर

बीमा राष्ट्रको वित्तीय प्रणालीसँगं जोडिने आधारशीला भएकोले यो क्षेत्र सम्पूर्ण नियम र कानुनको विधिअनुरुप परिचालित हुने गर्दछ। बीमा क्षेत्रलाई विकास गर्ने, प्रवर्द्धन गर्ने, नेपाल सरकारलाई बीमासम्बन्धी सल्लाह दिने, बीमा नीति ल्याउने बीमा क्षेत्रलाई नियमन गर्ने निकाय नेपाल बीमा प्राधिकरण हो।

यो स्थायित्व र विविध रुपमा प्रचूर सम्भावना बोकेको क्षेत्र हो। यसका अलावा बीमा आफैँमा पनि विभिन्न विषयसँगं जोडिएको विषय भएका कारण यस पेसामा प्रवेश गर्नका लागि सर्वप्रथम त आफ्नो इच्छा र उद्देश्यलाई ध्यान दिनुपर्दछ भने बीमा कम्पनीमा निम्नबमोजिमका प्रमुख विभागहरु हुन्छन् भने त्तसम्बन्धी कार्यहरु असीमित छन्।

सेल्सः सेल्स (मार्केटिङ)को मुख्य कार्य कम्पनीको प्रोडक्टहरुलाई राम्ररी बुझेर सोहीअनुरुप ग्राहक पहिचान गरी कम्पनीको व्यवसाय वृद्धि गर्नु हो। ग्राहकसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले कम्पनीको ब्रान्डलाई बीमा बजारमा स्थापित गर्ने पहिलो भूमिका निर्वाह गर्दछ। जनसम्र्पकमा पहुँचं भएका लागि यो उपयुक्त र आकर्षक कार्य क्षेत्र हो।

जोखिमांकन विभागः बीमाका लागि प्राप्त प्रस्तावित जोखिमलाई मूल्यांकंन गरी सोहीअनुरुप बीमा सुरक्षा प्रदान गर्नका लागि कभरेज, बीमादर, सर्त राखी उक्त जोखिमलाई स्वीकार्ने तथा उक्त प्रस्तावलाई अस्वीकार गर्ने अधिकार पनि हुन्छ। जोखिंमांकन संवेदनशील कार्य हो। उक्त विभागमा कार्य गर्नेको गल्तीले कम्पनीलाई आर्थिक भार पर्न सक्दछ भने कतिपय अवस्थामा कानुनी झन्झट पनि आइपर्दछ।

दाबी व्यवस्थापनः बीमितको दाबीलाई छिटोछरितो र निश्पक्षरुपमा भुक्तान गर्नु हो। यो महत्वपूर्ण विभाग हो। बीमाको औचत्य नै बीमा गरिएको सम्पत्ति क्षति हुँदां उक्त क्षतिको सही मूल्यांकंन गरी बीमितलाई दाबी भुक्तानी गर्नु हो। यसमा बीमितको सन्तुष्टिलाई विशेष ध्यान दिइन्छ।

पुनर्बीमाः बीमा कम्पनीले खुद धारण गरेको जोखिमभन्दा बढीको जोखिमलाई पुनर्बीमामार्फत जोखिम हस्तान्तरण गर्ने कार्य गर्दछ। यो विभागले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रसम्म जोखिमलाई स्प्रेड गर्दछ। वित्तीय तथा प्राविधिक विषयको पर्याप्त विश्लेषण गर्ने कार्य गर्दछ।

मानव संशाधनः यस विभागले कर्मचारीको छनौट, नियुक्ति, वार्षिक रुपमा उनीहरुको कार्यको मूल्यांकंन गर्ने, टेनिङ, सक्सेसन प्लान बनाउने, उनीहरुका समस्यालाई सम्बोधन गर्नेजस्ता कर्मचारीसम्बन्धी सम्पूर्ण कार्यहरु गर्दछ। कर्मचारीहरुलाई अनुशासनमा राख्नु, सकरात्मक बनाउनु र आफ्ना कार्यप्रति प्रेरित गरी राख्नु पनि यस विभागको कार्य क्षेत्रमा पर्दछ।

सूचना प्रविधिः बीमा कम्पनीका धेरैजसो कार्य कोर सिस्टमबाट नै भइरहेको अवस्था छ। यस कार्यमा सफ्टवेयरका माध्यमबाट प्रक्रियागत कार्यहरुलाई सहज बनाउने, रिपोर्टिङ समयमै निकाल्नेजस्ता कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसबाहेक हार्डवेयर, नेटवर्क, वेबसाइटहरु पनि पर्दछ। बीमा क्षेत्रले सूचना प्रविधि र डिजिटलाइजेसनतर्फ अग्रसर हुँदै गर्दा यसको स्कोप अझ बढने देखिन्छ।

वित्त विभागः कम्पनीको आय–व्यय, बजेट बनाउने, लगानी, करसम्बन्धी कार्य, विभिन्न प्रकारका वित्तीय विवरणहरु प्रकाशन तथा रिपोर्टिङहरु यस विभागले गर्दछ। बीमा क्षेत्रले अवलम्बन गरिरहेको र गर्ने क्रममा रहेका अभ्यासहरुका कारण बीमकको वित्तीय विवरणहरुमा डिस्कलोजरहरुले पहिलेको तुलनामा हाल आएर अझ परिष्कृत र पारदर्शी भइरहेको छ। ततसम्बन्धी प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ।

कानुन विभागः कम्पनीमा आइपरेका आन्तरिक वा बाह्य मुद्दा, मामिला तथा कानुनी सरसल्लाहका लागि कानुन विभाग चाहिन्छ। ग्राहक पहिचान, सम्पत्ति शुद्धीकरण, शंकास्पद कारोबारसम्बन्धी गतिविधि तथा कारोबारको वित्तीय इकाइमा जानकारी गराउने कार्य गर्दछ। यसमा विस्तृत रुपमा कार्यहरु भइरहेको छ।

बीमा क्षेत्रमा कुनै पनि वादविवादको समाधान कानुनी रुपमा नै हुने गर्दछ।

परिपालन विभागः ऐन, कानुन, नियम तथा आन्तरिक निर्देशिकाहरुको पालना भए नभएका विषयमा परिपालन विभागद्वारा परिपालन गराउने कार्य गर्दछ। सोहीबमोजिम नियमन निकायमा विवरण पेस गर्ने कार्य गर्दछ। परिपालनले कोड अफ कन्डक्टलाई ध्यान दिइन्छ। ग्राहक तथा बीमितको गुनासोलाई रेकर्ड गर्ने, सम्बन्धित कर्मचारी वा विभागलाई जानकारी गराई त्यस विषयको निरुपण गर्ने कार्यहरु पर्दछन्।

आन्तरिक नियन्त्रण विभागः यस विभागको भूमिका महत्वपूर्ण छ। यस विभागअन्र्तगत बीमकले अवलम्बन गरेका नियम, नीति आदिको कार्यान्वयन भएको वा नभएको। बीमकको कार्य सञ्चालनमा देखिएका त्रुटि वा त्यसलाई सच्चाउन पर्ने विधिहरु र यस्तै प्रकृयागत कार्यहरुको सम्पादन गर्दछ।

जोखिम व्यवस्थापनः बीमकको व्यवसाय सञ्चालनका क्रममा आउने चुनौतीहरुलाई अवसरमा बदल्नु, यस क्रममा विभिन्न जोखिमलाई पहिचान गर्नु, मूल्यांकन गर्ने, नियन्त्रण गर्नुजस्ता कार्यहरु गर्दछ। सुशासन र सशक्त जोखिम व्यवस्थापनले दीर्घकालीन रुपमा बीमकको विकासमा मद्दत पुर्याउँदछ। यो बीमा क्षेत्रमा राम्रो अवसरका रुपमा आउने कार्यक्षेत्रमा पर्दछ।

एक्चुअरी: बीमाकर्मीहरुले आममानिसलाई बीमा भनेको भवितव्य हो र क्षतिको अवस्थामा बीमाले क्षतिपूर्ति प्रदान गर्दछ भनी परिभाषित गरिरहँदा बीमा कम्पनी आफैँ चाहि भवितव्यको जगमा उभिने छुट हुँदैन।

सर्वसाधारणमा कुनै पनि सम्पत्तिको क्षति भएमा बीमाले क्षतिपूर्ति दिन्छन् भन्ने बुझाइ छ, जुन सही हो। तर, क्षति नै नभएको खण्डमा त क्षतिपूर्ति नै दिन पर्दैन। क्षतिपूर्ति दिन नपरेपछि बीमकलाई फाइदा भइहाल्छ नि भन्ने सोच पनि पाइन्छ।

बीमकले क्षति भएका मात्रको दाबी भुक्तानी गरे पनि क्षति नभएका वा दाबी नपरेका अवस्थाका दायित्वहरुको पनि भोलिका दिनमा क्षति भई दाबी भुक्तानी दिनपर्ने हुन्छ भन्ने सिद्धान्तका आधारमा अनिवार्य रुपमा विभिन्न रिजर्भको व्यवस्था गर्नुपर्ने हुन्छ। यी र यस्तै प्रकारका अन्य गणतीय कार्यको जिम्मेवारी एक्चुअरीको हुने गर्दछ।

निष्कर्षमा एक्चुअरीले बीमकको जोखिम, दायित्व, पुँजी र सोल्भेन्सीको वर्तमान र भविष्यको विश्लेषण र त्यसको परिणाम एक्चुअरी सिद्धान्तका आधारमा सही मापन गर्दछन्। यो ज्यादै नै महत्वपूर्ण छ, बीमा कम्पनीका लागि।

यी माथिका कुनै–कुनै विभाग तथा कार्यहरु कम्पनीको आआफ्नो नीति र व्यवस्थाअनुरुप फरक हुन सक्छन्।

सेवा-सुविधाः बीमा क्षेत्रमा प्रचलित नियम–कानुनअनुरुपको सेवा–सुविधा छन् भने नेपाल बीमा प्राधिकरणद्वारा कर्मचारीको वृत्ति विकासका लागि बीमकहरुले निश्चित रकमका लागि प्रावधान नै गरिदिएको छ। कम्पनी आफैँले पनि नियमित रुपमा तालिमहरुको व्यवस्था गरिरहेका हुन्छन् भने आफ्ना कर्मचारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा सेमिनारहरुमा पनि सहभागी गराउँदछन्। बीमकहरुले श्रम अडिट पनि गर्दछन्।

बीमाको प्रचर सम्भावना बोकेको क्षेत्र

बीमा इमर्जिङ सेक्टर भएकोले यसको भविष्य एकदमै राम्रो पाउँंदछौँ। देशको विकास र समृद्धिले एक निश्चित दिशातर्फ लिँदै गर्दा र यसबाट बीमाको आवश्यकता महसुस गर्दा यो क्षेत्रले अझै व्यापकता पाउने पूर्ण विश्वास लिन सकिने अवस्था छ।

प्रसंगवश अझै पनि कतिपय प्राविधिक क्षेत्रतिर जोखिमलाई कसरी बीमाका माध्यमबाट समाधान खोज्ने भन्ने सोच नआइसकेको अवस्था देखिन्छ। जस्तै– पेसागत दायित्व बीमा पनि एक हो। यो बीमा चिकित्सक, वकिल, लेखा आदिका पेसामा आवद्ध व्यक्तिका लागि उपयुक्त छ।

आफ्नो पेसागत भूमिकाका दौरानमा आफ्नो ज्ञान, विशेषज्ञता प्रयोग गर्दागर्दै पनि उनीहरुबाट कहिलेकाहीँ अन्जानमा गल्ती हुन जान्छ र उनीहरुका यस्ता लापारबाही, त्रुटि तथा ओमिसनबाट आउने आर्थिक क्षति, कानुनी दायित्वहरुको यो बीमाले उक्त क्षतिको क्षतिपूर्ति प्रदान गर्दछ।

हालसालै उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकको लापरबाही’ ठहर गर्दै सलंग्न चिकित्सक र अस्पताललाई क्षतिपूर्ति दिनुपर्ने आदेशले सम्पूर्ण चिकित्सक नै आन्दोलित भएका थिए भने कयौँ बिरामी यसको मारमा परेका थिए। यस्ता घटनाहरु समय–समयमा घट्ने र यसले उग्ररुप लिएको हामीले अनुभव गरी नै रहेका छौँ।

लापरबाहीका कारणले कसैको पनि ज्यान जानु त ठीक होइन तर पेसागत कर्तव्यलाई आफ्नो क्षमता र दक्षताले सक्दो प्रयास गर्दागर्दै पनि कसैको मृत्यु हुन जान्छ र यसलाई अदालतबाट लापरबाही ठहर हुन्छ भने बीमाको व्यवस्था गर्न सकिन्छ।

यस्ता धेरै क्षेत्रहरु छन्, जहाँ बीमाको उपयोगितालाई मनन गरिएको अवस्था छैन। यी क्षेत्रलाई बीमाको प्रणालीमा ल्याउने हो भने सबैलाई नै यसबाट र यस्ता प्राविधिक पेसा अँगालेका व्यक्तित्वलाई अनावश्यक वित्तीय दायित्व नआउने र पेसागत सम्मान पनि प्राप्त गर्दछ र यसतर्फ विचार पुर्याउन ढिला भइसकेको छ।

बीमा पेसाको अवसर र चुनौती

कुनै पनि पेसामा अवसर र चुनौती दुवै हुने गदर्छ। बीमा पेसा आफैँमा चुनौतीपूर्ण निश्चित रुपमा छ। माथि उल्लेख गरिएका हरेक विभागका आआफ्नै चुनौती पनि छन् तर सफलता हासिल गर्नका लागि ती चुनौतीलाई कसरी अवसरमा बदल्ने भन्ने विषय चाहिँ मानिसको सोच र उनले गर्ने कार्यले निर्धारण गर्दछ।

इमान्दारिता आवश्यक गुण हो। हुन त यो सबै पेसामा उत्तिकै आवश्यक पर्दछ। तथापि बीमा पेसा प्रावधिक पेसा भएको कारणले यसले अझ महत्व राख्दछ। इमान्दारिता नभई आफू र आफ्नो क्षमता थाहा नै पाइँदैन। एवं प्रकारले अध्ययनशीलता र जिज्ञाशुपन हो। कारण रिस्क जहिले पनि गतिशील छ र यो गतिशीलतासँगै गतिशील नहुने हो भने बीमामा काम गर्न सजिलो छैन।

त्यस्तै ग्राहकको आवश्यकतालाई बुझ्न सक्ने, बजारको टे«न्डलाई विश्लेषण गर्न सक्ने, नियम कानुनका विषयमा जानकारी भएको, अहिलेको सूचना प्रविघि र टेक्नोलोजीमा जानकार भएमा अझ राम्रो हुन्छ र यी माथिका विभागमध्ये आफ्नो इच्छा र लक्ष्यअनुरुप कार्य गर्न सकिन्छ।

बीमालाई बुझ्न यसमा पारंगत हुन सिंगो जीवन नै आवश्यक पर्दछ जस्तो अनुभव हुन्छ। मेरो आदरणीय अग्रजहरु ४५–४८ वर्षसम्म विशिष्ट तथा अविछिन्न सक्रिय बीमाकर्मीका रुपमा कार्यरत हुनुहुन्थ्यो र हामीले प्रश्न गर्दा सबै प्रश्नका उत्तर सहज रुपमा पाउँथ्यौँ। हामीलाई उंहाँहरु असाध्यै जान्ने लाग्दथ्यो। तर, उहाँहरुको भनाइ नै उद्धृत गर्ने हो भने ‘सबै विषयहरुमध्ये यो विषयमा चाहिँ मैले अलि राम्ररी बुझेको छु’ भन्नेसम्म सुनियो। बीमाका व्यवहारिक चुनौतीहरुले विनम्रता पो सिकाएको हो कि !!!

निष्कर्षमा एक चेलोले गुरुहरुको मूल्यांकन गर्दा पाइएको समानता चाहिँ के हो भने उहाँहरुको आफ्नो कामप्रतिको प्यासन र डेडिकेसन नै हो।

बीमा पेसाको विषेशता

बीमाले सकार्ने जोखिम वा दायित्वको स्वरुप विभिन्न प्रकारले विकसित भइरहेको पाइन्छ भने समयसँगै नयाँ–नयाँ जोखिम पनि देखा पर्दछ। पहिले र अहिलेको अवस्थामा जोखिमलाई मूल्यांकन गर्ने दृष्टिकोण र विधि नै फरक भइसकेको छ। बीमाका उद्देश्य र प्रक्रियामा पनि व्यापक परिवर्तन आएको छ। त्यसअनुरुप बीमाको निर्देशिकाहरु अझ बढी परिमार्जित र परिष्कृत भएका छन्। अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखी सोहीअनुरुप कार्यहरु भइरहेका छन्। म स्वयं पनि करिब ३० वर्षदेखि यस पेसामा निरन्तर आबद्ध भएकीले बीमामा भएका यस्ता परिवर्तन र आइरहने चुनौतीले समय–समयमा रोमाञ्चित बनाउने गर्दछ।

बीमाको मुख्य विशेषता भनेको चाहिँ आत्मसन्तुष्टि हो। कारण बीमितको क्षतिको बखत उसलाई दुःख परेको समयमा बीमाले आर्थिक साथ दिने गर्दछ र उक्त साथले उसले फेरि आफ्नो व्यापार–व्यवसायलाई निरन्तरता दिन सक्छ। आर्थिक रुपमा प्रगति गर्छन्। समाजमा सम्मानित जीवन निर्वाह गर्छन्। यो बीमा पेसाको विशेषता हो।

देशले ‘सम्बृद्ध नेपाल’को दिसातर्फ मार्गचित्र बनाइरहेको अवस्थामा यसको जग नै बीमा हो र निश्चित रुपमा बीमा पेसा आफैँमा गौरवशाली पेसा हो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS