IME Life New

भारतः बीमाको रु. ७५ लाख पाउन श्रीमतीको हत्या गरी दुर्घटनाको रुप दिने प्रयास विफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमाको भारु ७५ करोड पाउन श्रीमतीको हत्या गरेर दुर्घटनाको रुप दिने एक व्यक्तिको प्रयास असफल भएको छ।

भारतको झारखण्डस्थित हजारीबागमा मुकेश मेहताले श्रीमतीको हत्या गरी बीमाको रकम हत्याउने प्रयास असफल भएको हो। हत्या आरोपी मेहतालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ।

Esewa
Crest

प्रहरीका अनुसार गाउँको समिप हथिया मोडमा गत अक्टोबर ९ महिनामा एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको भनिएको थियो। त्यस दिन महिलाको शव नजिकै मेहताले बेहोस भएर सँगै लडेको नाटक गरेका थिए।

प्रहरी अनुसन्धानमा भने मेहताले नै आफ्नी श्रीमतीको घाँटी थिचेर हत्या गरेको खुलेको छ। मेहताले प्रहरीसँगको बयानमा आफ्नो अपराध स्वीकार गरेका छन्।

मेहताले केही समय पहिले श्रीमतीको भारु ७५ करोडबराबरको बीमा गरेका थिए। त्यही बीमाको रकम पाउन आफूले श्रीमतीको हत्या गरी दुर्घटना भएको देखाउन खोजेको उनले बताएका छन्।

मेहतालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS