IME Life New

इनम सापकोटाको जीवन रक्षाको माग गर्दै उनकी श्रीमतिले गुहारिन् मानव अधिकार आयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै उनकी पत्नी कविता पाण्डेले शुक्रबार ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएकी छन्। काठमाडौँ जिल्लाको बुढानीलकण्ठ नगरपालिका वडा नं २ निवासी सापकोटाको तर्फबाट नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम उक्त निवेदन पेस गरिएको हो।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थलबाट नियन्त्रणमा लिई आँखामा पट्टी बाँधेर राखिएको आरोपनिवेदनमा उल्लेख भएअनुसार, सापकोटा अध्ययन तथा व्यावसायिक कार्यका लागि भारतको नयाँदिल्ली जान भनी गत २०८३ असोज १४ गते बिहान करिब १०ः३० बजे घरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिई साथमा रहेका दुईवटा मोबाइल फोन खोसेर गाडीमा राखी आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगेको दाबी निवेदनमा गरिएको छ।

Esewa
Crest

निवेदनअनुसार असोज १४ गतेदेखि १५ गते साँझसम्म उनलाई अज्ञात स्थानमा कालोपट्टी बाँधेर राखी विभिन्न विषयमा सोधपुछ गरिएको थियो। उच्चपदस्थ व्यक्तिहरूविरुद्ध बयान दिन दबाब र धम्की दिइएको दाबीसोधपुछका क्रममा अनुसन्धान अधिकारीहरूले ‘तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन’ भन्दै निश्चित व्यक्तिहरूविरुद्ध प्रमाण र बयान दिए छाडिदिने, अन्यथा सापकोटा मात्र नभई उनको परिवारसमेतलाई नराम्रो हुने भनी धम्की दिएको निवेदनमा जिकिर गरिएको छ।

निवेदनमा बयान दिन दबाब दिइएको भनी उल्लेख गरिएका व्यक्तिहरूमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर छन्। यसैगरी सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशहरू निवेदनमा तीमध्ये कतिपय व्यक्तिहरूसँग अत्यन्त राम्रो व्यक्तिगत सम्बन्ध तथा चिनजान रहेको र कतिपय गुरु तथा शिक्षकसमेत रहेको उल्लेख छ । तर, सार्वजनिक पदमा रहेका कतिपय व्यक्तिलाई इनमले चिन्दै नचिनेको दाबी गरिएको छ।

सापकोटाले आफूले कुनै गैरकानुनी कार्य नगरेको भनी बारम्बार स्पष्ट पारेको निवेदनमा जनाइएको छ।

संविधानको धारा २८ ले प्रदान गरेको गोपनीयताको हकलगायतका मौलिक हकमाथि कुण्ठित पार्ने र नियोजित रूपमा गैरकानुनी कार्य गर्ने संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही गर्न तथा सापकोटा र उनको परिवारको जिउज्यानको रक्षा गरिदिन निवेदनमार्फत माग गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञ अधिकारीले सापकोटाको तर्फबाट निवेदन प्राप्त भएको पुष्टि गर्दै आयोगले अब आफ्नोतर्फबाट अनुसन्धान अघि बढाउने र सम्बन्धित सरकारी निकायसँग सोधपुछ गर्ने जानकारी दिएका छन्। प्रहरीले भने न्यायालगायत विभिन्न निकायमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा सापकोटामाथि अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS